लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठकमा बजेटमा छलफल हुनेछ।
- बैठकमा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले छलफलका प्रश्नहरूको जवाफ दिनेछन्।
- प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बजेटमा असन्तुष्टि जनाउँदै सच्चाउन माग गरेको छ।
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक आज बस्दैछ । बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ ।
आज दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए ।
मंगलबार बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुङ्गिएको सभामा जानकारी गराएका थिए ।
१४ औँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिस्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेट माथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्चाउन माग राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
-
पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण