पत्रकार सम्मेलन
‘कुलिङ पिरियड’ हेरफेरबारे हामीले जिब्रो चपाएका छैनौँ : प्रवक्ता सापकोटा
बुधबार, १८ असार २०८२, १४ : ३२
सारांश
- माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले 'कुलिङ पिरियड' मा भएको चलखेलबारे आफू मौन नबसेको बताए।
- एमाले सांसदहरूले राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा मागेपछि माओवादी मौन बसेको आरोप लागेको छ।
- सापकोटाले यस विषयमा पार्टीले गम्भीर अध्ययन र अनुसन्धान गरिरहेको दाबी गर्दै यसलाई सामान्य रूपमा नलिएको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे आफू मौन नबसेको दाबी गरेका छन् । सत्ता घटक एमालेकै सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरिरहेको बेला प्रमुख प्रतिपक्ष दल माओवादी मौन बसेको आरोप लागिरहेको छ । यसमा पार्टीले कुनै जिब्रो नचपाएको र गम्भीर अध्ययन तथा अनुसन्धान भइरहेको उनले दाबी गरे ।
‘यसमा हामी प्रस्ट छौँ । कुनै जिब्रो चपाएका छैनौँ । यो राष्ट्रिय लज्जाको विषय हो । यसको नेतृत्व सङ्घीय संसद्को नेतृत्वले लिनुपर्छ । प्रमुख प्रतिपक्ष दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ । यसलाई सामान्य रूपमा लिएका छैनौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण