अपडेट
सरकारी सेवा सुविधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको गृह मन्त्रालयमा निवेदन
बुधबार, १८ असार २०८२, १५ : ०७
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताको लागि गृह मन्त्रालयमा निवेदन दिइन्।
- उनले आजैको मितिबाट लागू हुने गरी सेवा सुविधा नलिने निवेदन दिएकी हुन्।
- भण्डारीले केही दिनअघि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् । उनले असार १८ गते अर्थात् आजकै मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएको भण्डारी निकट श्रोतले जनायो ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा नलिने निवेदनको ब्यहोरा रहेको छ’ स्रोतको भनाइ छ ।
भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । गृहमन्त्रालयले पनि भण्डारीले सेवा सुविधा फिर्ताका लागि निवेदन दिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण