दयाहाङ लिएर ‘पेन्सनपट्टा’ बनाउँदै माओत्से
सारांश
- निर्देशक माओत्से गुरुङको फिल्म 'पेन्सनपट्टा'मा दयाहाङ राई मुख्य भूमिकामा रहने भएका छन्।
- यो फिल्म माओत्से र दयाहाङको दोस्रो सहकार्य हुनेछ, जसले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा प्रस्तुत गर्नेछ।
- फिल्मको छायांकन कास्कीको पोखरामा हुनेछ, जसमा सुशन प्रजापतिले छायांकन गर्नेछन्।
काठमाडौंँ । कलाकार माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’ मा हिरो अभिनेता दयाहाङ राई रहने भएका छन् । फिल्मका लागि दयाहाङ फाइनल भएको निर्देशक गुरुङले जानकारी दिए । उनले भने– ‘एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने उद्देश्यले ‘पेन्सनपट्टा’ बन्न लागेको हो ।’
माओत्से र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यसअघि माओत्सेको निर्देशनमा डेब्यु फिल्म ‘दयारानी’ दयाहाङले नै अभिनय गरेका थिए । कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्नेछ । फिल्मलाई निर्देशक गुरुङले नै निर्देशन गर्न लागेका हुन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक फिल्ममा अन्य कलाकार छनौटको क्रममा छन् । कास्की जिल्लाको पोखरा आसपासमा छायाङ्कन हुने फिल्म सुशन प्रजापतिले खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण