सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

किन फेड अध्यक्ष जेरोम पावेलको राजीनामा माग्दैछन् ट्रम्प ?

बिहीबार, १९ असार २०८२, १२ : १२
बिहीबार, १९ असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको राजीनामा मागेका छन्।
  • ट्रम्पले तत्कालै राजीनामा दिन पावेललाई आग्रह गरेका छन्, ब्याजदर घटाउन नमानेको भन्दै आलोचना गरेका थिए।
  • ट्रम्पले पावेललाई फेडको अध्यक्ष पदबाट हटाउने अधिकार छ वा छैन भन्ने स्पष्ट छैन।

वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)का अध्यक्ष जेरोम पावेलको राजीनामा मागेका छन् । तत्कालै लागू हुने गरी पावेलले राजीनामा दिनु पर्ने उनको भनाइ छ ।

पावेलसँगको वाकयुद्ध चर्किँदै गएपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो । ‘अति ढिला भइसक्यो, तत्कालै राजीनामा दिनु पर्छ,’ आफ्नो ट्रुथ सोसलमा ट्रम्पले एउटा पोष्टमा लेखेका छन् । 

पोष्टमा ट्रम्पले अमेरिकी संघीय हाउजिङ नियामकले फेडको वाशिङ्टन डीसीस्थित मुख्यालय मर्मत सम्भारको विषयमा पावेलले दिएको गवाहीमाथि अनुसन्धान गर्न भनेको एउटा लेख पनि राखेका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्प आफैंले पावेललाई  फेडको अध्यक्ष बनाएका थिए ।

तर त्यसयता ब्याजदर घटाउन नमानेको भन्दै ट्रम्पले बारम्बार पावेलको आलोचना गरेका छन् । पावेललाई फेडको अध्यक्ष पदबाट हटाउने अधिकार ट्रम्पलाई  छ कि छैन भन्ने चाहिँ स्पष्ट थाहा छैन । यस अघि भने ट्रम्पले पावेललाई बर्खास्त गर्ने कुनै आशय नभएको बताउँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप