हेटौँडामा वडाध्यक्षमाथि हातपात
सारांश
- हेटौँडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलमाथि सार्वजनिक स्थलमा हातपात भयो।
- सडक विस्तारको विषयमा विवाद हुँदा निर्माण व्यवसायी मञ्जु लामाले वडाध्यक्षलाई कुटपिट गरिन्।
- प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिएको छ भने उपमहानगरपालिकाले विरोधमा सेवा बन्द गर्ने निर्णय गर्यो।
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिकस्थलमै हातपात भएको छ ।
उनलाई एक निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् ।
हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस अगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका वेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामा नाम गरेकी निर्माण व्यवसायीले हातपात गरेकी हुन् । उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको थियो । यस क्रममा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोजेको र रोक लगाएको निहुँमा आफूमाथि आक्रमण भएको वडाअध्यक्ष सिग्देलको भनाइ छ । उनले लामो समयदेखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा विवाद भएको बताए ।
कुटपिटमा संलग्न रहेको आरोप लागेकी व्यवसायी महिलालाई भने जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले नै आफूहरूले केही भन्न नसक्ने बताए ।
उपमहानगरको सेवा प्रभावित
बिहीबारको उक्त घटनापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारबाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकाले विरोधस्वरुप एक दिन पालिकाका सम्पूर्ण काम बन्द गर्ने पनि बताइन् । उनले यसअघि असार ४ गते पनि उपमहानगरकै वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक हमलामा संलग्नलाई समेत कारवाही नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।
न्यौपानेमाथि आक्रमण गर्नेहरू पक्राउ नपर्दै वडाध्यक्ष सिग्देलमाथि पनि आक्रमण भएको हो । नगर प्रमुख लामाले घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनप्रतिनिधिको सुरक्षा सुनिश्चति गर्न राज्य गम्भीर हुनुपर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण