धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु
सारांश
- ललितपुरको धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको छ।
- बाढीले क्षति पुर्याएपछि मर्मतसम्भारपश्चात् परीक्षण थालिएको हो।
- यस केन्द्रले दैनिक ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता राख्छ।
काठमाडौँ । ललितपुरको धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको छ । शुक्रबार प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको हो ।
गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परीक्षण सुरु गर्ने तयारी भइरहेको समयमा सोही वर्षको असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेका कारण प्रारम्भिक परीक्षण अवरुद्ध भएको थियो ।
गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिब सम्पन्न भएपछि प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण गरिएको हो ।
सो परीक्षण केन्द्रबाट प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सकिने केयुकेएल अन्तर्गतको आयोजनाका उपनिर्देशक ई.विकेश बधानथाछेले जानकारी दिए । सो केन्द्रको सञ्चालन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था रहेको छ ।
यसैगरी धोविघाटमा अर्को फोहोर पानी प्रशोधन केन्द्रसहित कोड्कु र सल्लाघारीमा समेत प्रशोधन केन्द्रहरूको निर्माण कार्य तदारुकताका साथ भइरहेको बधानथाछेले बताए ।
निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटको अर्को केन्द्रको पनि प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन १ करोड ७५ लाख लिटर र सल्लाघारीमा निर्माणाधीन केन्द्रको प्रतिदिन १ करोड ४२ लाख लिटर रहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण