सर्लाहीका एसपी खड्का र जसपा मधेसका अध्यक्षबिच फोनमा गालीगलौज, राति पक्राउ गर्न खोज्दा डीएसपीको गाडी तोडफोड
सारांश
- सर्लाहीका एसपी र जसपाका प्रदेश अध्यक्षबीच फोनमा गालीगलौज भएको अडियो सार्वजनिक भएको छ।
- अध्यक्ष यादवले एसपी खड्कालाई कमिसन उठाउने र लुटतन्त्र मच्चाएको आरोप लगाएका थिए।
- विवादपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो, जसमा प्रहरीको गाडीमा क्षति पुगेको छ।
वीरगन्ज । सर्लाहीका प्रहरी प्रमुख (एसपी) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवबिच गालीगलौज भएको अडियो सार्वजनिक भएको छ ।
बिहीबार राति सर्लाहीका एसपी योगेन्द्र खड्का र जसपाका प्रदेश अध्यक्ष यादवबिच फोनमा गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
अडियोमा एसपी खड्कासँग जसपाका प्रदेश अध्यक्ष यादवले सुरुमा आफ्नो समस्या बताइरहेका छन् । उनले एसपी खड्कालाई रातिराति मान्छेलाई बोलाएर दुःख दिने गरेको, कमिसन उठाउने गरेको आरोप लगाएका छन् ।
उनले एसपी खड्कालाई प्रश्न गरेका छन्, ‘यो लुट भइरहेको छ । यसमा तपाईंहरूले के गर्न खोजेको ? प्रहरीलाई राखेर ताण्डव नाँच नचाएर जनतालाई मार्ने, कमिशन लुट्नेवाला खेलमा तपाईं पनि लाग्नु भएको छ, होइन ?’
जबाफमा एसपी खड्कालाई भनेका छन्, ‘पहिलो कुरा तपाईं अलि बुझेर बोल्नु, दोस्रो कुरा यहाँ समस्या आयो भनेर हामीलाई फोन आएको थियो ।’
एसपीले आफ्ना कुरा राख्न नपाउँदै जसपाका प्रदेश अध्यक्षले एसपी खड्कालाई भनेका छन्– ‘तपाईंहरू मधेसमा आएर लुटतन्त्र गर्न आएको बुझनु भयो एसपी साहेब ?’
यति सम्वाद चलिरहँदा एसपी खड्काले जसपाका प्रदेश अध्यक्ष यादवलाई ‘लुटेरा तपाईंहरू होला’ भनेर जबाफ दिएका छन् ।
एसपी खड्काले यति बोलेपछि दुवै जनाबिच विवाद चर्किंदै गएर गाली गलौजसमेत भएको अडियोमा सुनिएको छ ।
घटना के हो ?
बिहीबार राति ९ बजे भौतिक पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीमा कर्मचारीहरू कार्यालय बाहिर ताल्चा लगाएर काम गरिरहेका थिए ।
जिल्लामा भौतिक कार्यालयबाट भएको विभिन्न कामको भुक्तानी दिने काम भइरहेको थियो, जहाँ कमिशन उठाएर यो सब खेल भइरहेको अध्यक्ष यादवको आरोप छ ।
जसपा नेता यावदले भने, ‘यही सूचना पाएर म कार्यालय पुगेको थिएँ, जहाँ प्रहरी राखेर कमिशन सङ्कलनको काम भइरहेको थियो । त्यो देखेर मैले सुरुमा प्रहरी प्रमुख खड्कालाइ फोन गरेँ, त्यसपछि सबै विवाद भएको हो ।’
उनका अनुसार भौतिक पूर्वाधार कार्यालय सर्लाहीका प्रमुख विजय यादवले प्रहरीको मिलोमतोमा पैसा उठाउने खेल गरिरहेका थिए । मूलतः यही कारणले विवाद चर्किएको उनको भनाइ छ ।
विवाद चर्किपछि प्रहरीले भौतिक पूर्वाधार कार्यालयमा असुरक्षा बढेको भन्दै जसपा नेता यादवलाई राति नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार यही १३ गते पूर्वाधार कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध गर्न निवेदन दिएको थियो । सोही निवेदन अनुसार प्रहरीले सुरक्षा दिँदा यो विवाद भएको उनको दाबी छ ।
उनले भने, ‘त्यसपछि हामीले राति प्रहरी पठाएका थियौँ । त्यो क्रममा पनि विवाद भयो, जहाँ प्रहरी चढ्ने ना१झ १२८१ नम्बरको गाडीसमेत तोडफोड भएको छ ।’
यादवलाई नियन्त्रणमा लिन खोज्दा राति उनको गाउँ कबिलासी नगरपालिका–१०मा प्रहरी र स्थानीयबिच झडप भएको थियो ।
प्रहरी प्रवक्ता राईका अनुसार सोही क्रममा स्थानीयले प्रहार गरेको ढुङ्गामुढाले डीएसपी चढ्ने गाडीमा क्षति पुगेको छ । प्रहरीको गाडीमा क्षति भएपछि अहिले यादवमाथि मुद्दा चलाउने तयारी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण