यु–१६ यूथ लिगमा मनाङ मर्स्याङ्दीको विजयी सुरुवात
सारांश
- मनाङ मर्स्याङ्दीले एन्फा यू-१६ यूथ लिगमा श्रीभगवती क्लबलाई २-१ ले पराजित गर्यो।
- रोहन थापामगर र विवेक मगरले मनाङका लागि गोल गरे भने सरून महतोले श्रीभगवतीका लागि गोल गरे।
- यस यूथ लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् र विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
काठमाडौँ । मनाङ मर्स्याङ्दीले श्रीभगवती क्लबलाई हराउँदै एन्फा यु–१६ यूथ लिगमा विजय सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा मनाङले श्री भगवतीलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्री भगवतीले हार सामना गर्यो ।
मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे । श्रीभगवतीका लागि सरून महतो गोल फर्काए पनि हार टार्न सकेनन् । रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए । रोहनले खेलको ४० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो । ५८ औँ मिनेटमा सरूनले गोल फर्काउँदै श्रीभगवतलाई बराबरीमा ल्याए । तर अन्तिम समयमा भने समालिन सकेन । ८७ औँ मिनेटमा विवेक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए । त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले गरेका थिए ।
किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ यूथ लिगको सुरुआत गरेको हो । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको यूथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । यु–१६ यूथ लिग तेस्रो संस्करण हो ।
यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लब प्लानिङ ब्वाइज र श्रीभगवतीले यस यूथ लिगमा प्रतिस्पर्धा गरेका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने यूथ लिगमा सहभागिता जनाउन पाएन । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ यूथ लिगमा प्रतिस्पर्धा गरेको छ ।
यसबाहेक त्रिभुवन आर्मी क्लब, सङ्कटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल यूथ, सातदोबाटो यूथ, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस यूथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण