अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न हमास तयार
शनिबार, २१ असार २०८२, १० : ३९
सारांश
- हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको छ।
- हमासले वार्ताका लागि तत्परता देखाउँदै प्रस्तावमा संशोधनको माग गरेको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलले ६० दिने युद्धविरामका सर्तहरू स्वीकार गरेको बताए।
गाजा । हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई ‘सकारात्मक प्रतिक्रिया’ दिएको बताएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तत्काल वार्ताको लागि तयार रहेको बताएको हो।
वार्तासँग परिचित एक प्यालेस्टाइनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको छ। यद्यपि, हमासले अमेरिकी प्रस्तावमा संशोधनको माग गरेको छ।
यसबारे, अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि इजरायलले ६० दिनको युद्धविरामको लागि सर्तहरू स्वीकार गरेको बताएका थिए।
ट्रम्पले हमासलाई यो प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। साथै उनले हमासले यो प्रस्ताव स्वीकार नगरेको खण्डमा स्थिति बिग्रन सक्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण