कलाकार लक्ष्मी श्रेष्ठको पशुपतिमा अन्त्येष्टि
शनिबार, २१ असार २०८२, १२ : १०
सारांश
- कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
- केही महिनादेखि बिरामी रहेकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।
- श्रेष्ठ 'मेरी बास्सै' लगायतका विभिन्न टेलिसिरियल र फिल्महरूमा सक्रिय थिइन्।
काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि गरिएको छ ।श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।
लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण