मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु
सारांश
- कैलालीको मोहना नदी क्षेत्रमा कटान रोक्न २० हेक्टरमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ।
- धनगढी उपमहानगरपालिका र डिभिजन वन कार्यालयको सहकार्यमा वृक्षरोपण सुरु भएको हो।
- यस वृक्षरोपणले नदी कटान रोक्न, वातावरण सन्तुलन कायम गर्न र जनचेतना फैलाउन मद्दत गर्नेछ।
गोदावरी । कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षरोपण सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय कैलालीको सहकार्य र नेचर नेक्सस नेपालको आयोजनामा शनिबारदेखि वृक्षरोपण सुरु गरिएको डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले बताए । वन क्षेत्रभित्रको खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षरोपण सुरु भएको बताउँदै उनले यसले नदी कटान रोकथाममा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण सहयोग मिल्ने बताए ।
डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरका अनुसार सामुदायिक वनभित्रको खाली जमिनमा वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिए । मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको उनले बताए ।
नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षरोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताए । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपण गर्ने काम भरपर्दो भएकाले जैविक विविधता संरक्षणका लागि वृक्षरोपण अनिवार्य रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण