गाजामा फेरि इजरायली हवाई आक्रमण, १९ जनाको मृत्यु
सारांश
- इजरायली सेनाको हवाई आक्रमणमा गाजामा १९ जना प्यालेस्टिनीको मृत्यु भयो, दर्जनौं घाइते भए।
- गाजा सहर, अस्कौला क्षेत्र र अल-बुरेज शरणार्थी शिविरमा आक्रमण हुँदा क्षति पुग्यो र मानवीय क्षति भयो।
- दक्षिण गाजाको खान युनूसस्थित शिविरमा भएको आक्रमणमा एक बुबा र छोरासहित सात जनाको मृत्यु भयो।
गाजा । गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल–जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
यसैगरी गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल–माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ ।
त्यस्तै, दक्षिण गाजाको खान युनूसस्थित अल–मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जना शहीद भएका छन् भने १० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा एकजना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण