कविता
तीन कविताः धर्ती, गर्भवती रात र बाटो
शनिबार, २१ असार २०८२, १७ : ५८
सुलोचना कवितावृत्तमा नयाँ नाम होइन । किशोरावस्थामा भूमिगत राजनीतिमा समेत होमिएर छद्म नाममा कविता लेखेकी सुलोचनाका कवितासँगै कथा, नियात्रा र लेखसंग्रहहरू समेत गरी १८ वटा कृति प्रकाशित छन् । छोटो र चोटिलो लेख्ने कवि सुलोचनाका तीन कविताः
धर्ती
आकाशसँग
मेरो आफ्नो कुनै साइनो थिएन
घाम, जून, ताराहरूसँग पनि नाता थिएन
जब मैले धर्तीलाई आफ्नो बनाएँ
एक टुक्रा माटोसँग
साइनो जोडें
त्योभन्दा धेरै ठूलो आकाश
सम्पूर्ण आकाश
अनि उषा र सूर्योदय
सन्ध्या, जून र ताराहरू
सबै सबै नै मेरा भए !
गर्भवती रात
रात गर्भवती आमा हो
नपत्याए पर्खिबस
भोलि बिहानै
सूर्य जन्माउँछे उसले
बाटो
शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो, त्यसलाई कुल्चें
हिँडें
गन्तव्यमा
म पुगेँ कि पुगिनँ
कुन्नि !
म आफै नै बाटो भइसकेको पाएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण