वीरेन्द्रनगर–८ सुर्खेतको पहिलो ‘वातावरणमैत्री तथा बालमैत्री’ वडा
सारांश
- वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ।
- वडाले बालमैत्री स्थानीय शासनका लागि आवश्यक ५१ वटा सूचक र २८ खुड्किलाहरू पूरा गरेको छ।
- वडामा ८२ प्रतिशत परिवारमा शुद्ध पानी पुगेको छ, र किशोरकिशोरी तथा आमा समूहलाई स्वच्छता सम्बन्धी प्रशिक्षण दिइन्छ।
वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । आज यहाँ आयोजित एक समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरेका हुन् ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय शासन नगर बालमैत्री सम्पर्क व्यक्ति माधुरी न्यौपानेले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार वडा नं ८ ले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिइन् ।
उनका अनुसार बालमैत्री स्थानीय शासनका लागि सङ्घीय सरकारले तोकेका ५१ सूचक र २८ खुड्किलाअन्तर्गतका पाँच चरणको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
‘वडा नं ८ ले ती सबै मापदण्ड पूरा गरेको छ । बाल संरक्षणका क्षेत्रमा १४ सूचक, बालविकासमा छ, बाल सहभागितामा छ तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा १५ सूचक पूरा गरेको हो’, उनले भनिन् ।
यस सफलता प्राप्तिमा वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ, विद्यालय र आमा समूहको विशेष योगदान रहेको सम्पर्क व्यक्ति न्यौपानेले बताइन् ।
वडाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा, पूर्ण खोप वडा घोषणा, पोषणमैत्री तथा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘सुनौलो हजार दिन’ अभियानअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, साबुन पानीको प्रयोगसम्बन्धी अभ्यास, शुद्ध पिउने पानीबारे सचेतनालगायत सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ ।
वडाका ८२ प्रतिशत परिवारमा शुद्ध पानी पुगेको छ भने बाँकी १८ प्रतिशत परिवारले निजी इनार, बोरिङ तथा पाइपमार्फत पानी उपयोग गर्दै आएका सम्पर्क व्यक्ति न्यौपानेले जानकारी दिइन् । विद्यालय स्तरका किशोर किशोरी तथा आमा समूहलाई स्वच्छता, साबुन पानीको प्रयोग, शुद्ध पानी, पोषणसम्बन्धी नियमित प्रशिक्षण तथा सचेतना कार्यक्रम दिइँदै आएको छ ।
वडा नं ८ का स्थानीयको सहकार्य, वडाको सक्रियता र सम्बन्धित निकायको सहभागिताले जिल्लामा पहिलो वातावरण मन्त्री तथा बालमैत्री वडा बनेको वडा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण