एसियन कप छनोट
एसियन कप छनोट : उज्बेकिस्तानले तेस्रो गोल थप्यो
शनिबार, २१ असार २०८२, २१ : ५७
सारांश
- एसियन कप छनोटमा उज्बेकिस्तानले नेपालविरुद्ध तेस्रो गोल गर्यो, जसले खेललाई १-३ मा पुर्यायो।
- खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत उज्बेकिस्तानले गोल गरेको थियो।
- सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काएकी थिइन्, तर नेपालले खराब सुरुवात गर्यो।
काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तरगतको निर्णायक खेलमा उज्बेकिस्तानले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत उज्बेकी टोलीले गोल गरेको हो ।
योसँगै स्कोर १-३ पुगेको छ । यसअघि सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काएकी थिइन् । खराब सुरुवात गरेको नेपालले दोस्रो मिनेटमा नै गोल खाएको थियो ।
खबिबुलाएभा डियोराखोनले उज्बेक टोलीलाई अग्रता दिलाएकी थिइन् । ११ औँ मिनेटमा समीक्षा घिमिरेले आत्मघाती गोल गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण