खोलामा डुबेर दुई बालकको मृत्यु
आइतबार, २२ असार २०८२, १० : २१
सारांश
- सुनसरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा इटहरी उपमहानगरपालिकाका ९ वर्षीय युनिस खत्री र ११ वर्षीय हेमबहादुर (विशु) परियार छन्।
- प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि अस्पतालले उनीहरुलाई मृत घोषणा गर्यो, र शव परीक्षणका लागि धरान पठाइयो।
सुनसरी । सुनसरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी प्रवक्ता खतिवडाले बताए । टोलीले तत्काल उद्धार गर्दै खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याएको उनले जानकारी दिए ।
अस्पतालले दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण