काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले भने– मेरो चरित्रहत्या भयो
सारांश
- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्नो चरित्र हत्या भएको बताए।
- उनले काठमाडौँ टावरको नक्सा पासको विषयलाई लिएर आफूलाई लगाइएको आरोपको खण्डन गरे।
- गुरागाईंले आफूलाई भ्रष्टाचारी करार गरिएकोमा आपत्ति जनाए र यसलाई गलत भने।
काठमाडौँ। काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्नो चरित्र हत्या भएको बताएका छन् । काठमाडौँ टावरका बारेमा आइतबार केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो चरित्र हत्या भएको बताएका हुन् ।
उनले काठमाडौँ टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे ।
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको बताए । ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ उनले भने, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ । यदि तपाईँलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हबला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला ? उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि ? होइन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण