उपभोक्ता समिति बैठक
सांसदको आक्रोश : मल दिन नसक्ने मन्त्रीको औचित्य के हो ?
आइतबार, २२ असार २०८२, १३ : ४३
सारांश
- सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारको आलोचना गरिन्।
- उनले कृषि मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै किसानलाई मल दिन नसके मन्त्री पदमा किन बसिरहेको भनि प्रश्न गरिन्।
- सांसद अग्रहरीले सिमानामा मल लिन गएका किसानमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरिन् र किसानको समस्या बुझ्न आग्रह गरिन्।
काठमाडौँ । सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारप्रति आक्रोश पोखेकी छन्। सङ्घीय संसद् अन्तर्गतको उपभोक्ता समिति बैठकमा बोल्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा ‘सरकारले पर्याप्त मल ल्याउन सक्दैन’ भन्ने अभिव्यक्ति दिएकोमा गम्भीर आपत्तिसहित आक्रोश पोखेकी हुन् ।
‘किसानलाई मल दिन सकिँदैन भने मन्त्रीज्यू मन्त्रालयमा किन बसिरहनुभएको छ ?’ आइतबारको बैठकमा उनले भनिन् । उनले अगाडि भनिन्– ‘कृषि क्षेत्रका समस्यालाई समाधान गर्न नसक्ने भए मन्त्रालयको नेतृत्व किन गर्नुपर्छ ?’
सांसद अग्रहरीले सिमानामा मल लिन गएका किसानलाई ‘बोर्डरमा हस्तक्षेप गरेको’ भन्दै अन्याय नगर्न सरकारलाई आग्रह गरिन् । उनले किसानहरूको पिरमर्का बुझ्ने र समयमा मल उपलब्ध गराउने दायित्वबाट सरकार विमुख हुन नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण