कांग्रेस महाधिवेशन दुई चरणमा गर्न डा. रिजालको प्रस्ताव
सारांश
- डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरी महाधिवेशन दुई चरणमा गर्न प्रस्ताव गरेका छन्।
- उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधि र सभापतिको निर्वाचन हुनुपर्ने बताए।
- रिजालका अनुसार आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधि मात्रै चयन गर्दा गुटबन्दी कम हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र उनीहरुबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौँ। र महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ डा. रिजालले भने ।
आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताए । ‘महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई । त्यो बाटो नगर्ने हो भने हामीले पार्टीमा झगडा गर्दा–गर्दा पार्टीलाई आउने निर्वाचनमा नाश गर्छौँ,’ रिजालले भने ।
सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनुपर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ ।
‘निर्वाचित सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडि मात्र कार्यकाल सुरु गर्ने र त्यो बेलासम्म विधान संशोधनको प्रस्ताव तयार गर्ने काम गर्नुपर्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जतिवटा निर्वाचन गराउन खोजेको हो, जुन–जुन तहमा राख्न खोजेको हो, त्यो तहको काम गर्ने गरी विधानमा व्यवस्था गरौँ,’ रिजालले भने ।
आम निर्वाचन पछि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य तथा प्रदेश समिति र मातहतका समितिको निर्वाचन गर्नुपर्ने प्रस्ताव रिजालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण