मनोज भेटवाल हाजिर जमानीमा रिहा
काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि हाजिर जमानीमा रिहा भएका छन् ।
गएको असार १३ गते उनलाई प्रहरी परिसर काठमाडौँले अनामनगरबाट पक्राउ गरेको थियो । दम र सुगरको बिरामी रहेका भेटवाललाई सोही रात धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
असार १५ गते जिल्ला अदालत काठमाडौँले भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । दोस्रो पटक गत शुक्रबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले हाजिर जमानीमा छाड्न आदेश गरेपछि रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण