एकसाता ब्रोइलरका चल्ला बिक्री नगर्ने ह्याचरी सङ्घको निर्णय
काठमाडौँ । ह्याचरी उद्योगीहरूले एक साता ब्रोइलर र कलर ब्रोइलर चल्लाको बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।
नेपाल ह्याचरी उद्योग सङ्घ, बागमती प्रदेश समन्वय समितिको आयोजनामा चितवनमा सम्पन्न व्यवसायीहरूको भेलाले यही असार २३ गतेदेखि असार २९ गतेसम्म चल्ला बिक्री वितरण नगर्ने निर्णय गरेको जनाइएको छ ।
सङ्घको केन्द्रीय समितिले असार २० गते ह्याचरी उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले गरेको निर्णयलाई कार्यान्वयन गर्न प्रदेश समितिले यो कदम चालेको हो ।
निर्णयको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अनुगमन समितिहरू समेत गठन गरिएको छ । यसैगरी, चितवन भित्रिने र बाहिरिने प्रमुख नाकाहरूमा पनि छुट्टाछुट्टै अनुगमन समिति बनाइएको छ ।
साथै बिक्री बन्द अवधिभर ब्रोइलर र कलर ब्राेइलर चल्लाको स्वास्थ्य प्रमाणपत्र जारी नगर्न नेपाल भेटेरिनरी एसोसिएसन, बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण