विमानस्थलबाट साढे ६ केजी सेतो हेरोइन सहित भारतीय नागरिक पक्राउ
आइतबार, २२ असार २०८२, १९ : ३९
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ६ केजी सेतो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । बैंककबाट आएका ६५ वर्षीय भारतीय नागरिक राकेश वाहब लाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
शनिबार राति ११ बजे थाइ एयरवेजको विमानमार्फत उनी काठमाडौँ ओर्लिएका हुन् । उनको साथबाट ब्युरोको टोलीले साढे ६ केजी सेतो हेरोइन बरामद गरेको छ ।
आरोपीबारे अनुसन्धान भइरहेको एसएसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहन्छ : इजरायल
-
प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?
-
कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण