त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो
सारांश
- त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ।
- उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेका मध्येबाट तीन जनाको नाम छनोट गरिएको हो।
- हालका उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि नयाँ उपकुलपतिको नियुक्ति हुन बाँकी छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको हो ।
आइतबार साँझ बसेको समिति बैठकले तीन जनाको नाम टुङ्गो लगाएको र सोमबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई बुझाउने समिति स्रोतले जानकारी दियो ।
त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जनाको नाम छनोट गरिएको हो ।
कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको हो ।
उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण