नारीको कथाको ‘हिरा’ साउन १५ बाट प्रशारणमा आउने
काठमाडौँ । पतिवियोगमा परेका नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर निर्माण भएको टेलिसिरियल ‘हिरा’ प्रसारणमा आउने भएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त फिल्म ‘बुलाकी’को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले यो सिरियल निर्माण गरेको हो ।आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले टेलिसिरियलको सार्वजनिक प्रशारणबारे जानकारी गराएको हो ।
निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिकसँगै साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट ’हिरा’ औपचारिक प्रशारणमा आउनेछ ।सामाजिक सञ्जाल प्लेटफर्म युट्युबमा भने निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ’सिएम डिजिटल’बाट प्रशारण हुने बरालले बताए ।
बिराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुनः मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन् ।
स्व. मोती विष्टको प्रस्तुतिमा तयार ’हिरा’लाई राजबहादुर सानेले लेखेका हुन् । मिलन विश्वकर्माको सम्पादन सिरियलको सम्पूर्ण छायाङ्कन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण