बाढी पहिरोका कारण ४ वटा सडक पूर्ण रुपमा अवरुद्ध, ६९ स्थानमा एकतर्फी सञ्चालन
सारांश
- मनसुन सक्रिय भएसँगै बाढी पहिरोका कारण देशभर सडक अवरुद्ध भएका छन्।
- बागलुङ, प्युठान र गुल्मीमा पहिरो खस्दा यातायात ठप्प भएको छ, भने केही सडक एकतर्फी चालु छन्।
- सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने र सडक खुलाउने काम भइरहेको छ।
काठमाडौँ । मनसुन सक्रिय भएसँगै बाढी पहिरोका कारण देशभर सडक अवरुद्ध भएका छन् । सोमबार चार वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६९ स्थानमा एकतर्फी चालु रहेको सडक विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार बागलुङ, प्युठान र गुल्मीमा पहिरो खस्दा यातायात ठप्प भएको हो । विभागका अनुसार कक्रहवा (भारत सीमा) रुद्रपुर सालझण्डी, सन्धिखर्क–देविस्थान, वुर्तिवाङ्ग–ढोरपाटन र बागलुङको निसी खोला ७ भूमिथान खोलामा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबारदेखि अवरुद्ध बनेका यी सडकमा स्थानीय स्तरमा पहिरो पन्छाउने काम जारी रहेको समेत विभागले जनाएको छ ।
यसैगरी प्युठानको भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक अन्तर्गत खहरे खोला जामुने डाँडा सडक आइतबारदेखि अवरुद्ध बनेको छ । अवरुद्ध हटाउन उपकरणहरू परिचालन गरेको जनाइएको छ ।
त्यस्तै, तानसेन–रिडी–कोरला सडक खण्ड दुई स्थानमा अवरुद्ध भएको छ। त्यस्तै बागलुङको दब्ल्याङमा भारी वर्षापछि माथिबाट लेदो माटो र ढुङ्गा (बोल्डर) खसेर सडक थुनिएको छ । विभागले त्यहाँ एक्स्क्याभेटर र लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको बताइएको छ ।
सोही सडक खण्डको गुल्मीस्थित गरगरेमा पनि माथिबाट खसेको बोल्डर र लेदो माटोले सडक अवरुद्ध बनाएको छ। अहिले एक्स्क्याभेटर तथा लोडरको सहायताले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण