कोशीका पर्यटन मन्त्रीको राजीनामा माग : ‘क्युआर आतङ्क’ मच्चाएको आरोप
सारांश
- कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचारको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रले राजीनामा माग गरेको छ।
- मन्त्री मण्डलको सचिवालयमार्फत कर्मचारीबाट रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको आरोप छ।
- माओवादी केन्द्रका सांसद राजन किरातीले छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरेका छन्।
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उनको राजीनामा माग गरेको छ। मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको माओवादी केन्द्रले आरोप लगाएको हो।
आज (सोमबार) बसेको कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत रहेको र उनकै नाममा रहेको क्युआर कोडबाट कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको सार्वजनिक भएको बताए।
सांसद किरातीले ‘कोशीका पर्यटन मन्त्रीज्यूको क्युआर आतङ्क, रकम नबुझाउनेलाई सरुवा गर्न खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेका छन्,’ भन्दै यस प्रकरणले बजेट निर्माणमा समेत बिचौलियाको संलग्नता रहेको आफ्नो दलको पुरानो आशंकालाई पुष्टि गरेको दाबी गरे।
उनले यो विषय अत्यन्त गम्भीर भएकाले सरकारले तत्काल छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गरे। यस्तो गम्भीर आरोप सार्वजनिक भइसक्दा समेत मन्त्री मण्डल सदनमा अनुपस्थित रहनुले उनको नैतिकतामाथि प्रश्न उठेको किरातीको भनाई थियो।
‘यस्तो गम्भीर विषय उठिसकेपछि मन्त्रीज्यू आज सदनमा देखिनुभएको छैन। नैतिकताको आधारमा उहाँले राजीनामा दिनु राम्रो हुन्छ, हामी सुझाव दिन चाहन्छौँ,’ उनले भने।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट सांसद किरातीले यो गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आम जनता र सदनलाई स्पष्ट जानकारी दिन माग गरे। यस प्रकरणले कोशी प्रदेश सरकारको जबाफदेहितामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो।
यसअघि मन्त्री मण्डलले कर्मचारीसँग रकम मागेको र रकम नदिने कर्मचारीको सरुवा गर्न खोजेको भन्दै रातोपाटी अनलाइनले समाचार सार्वजनिक गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण