‘सर्वोच्चको आदेशको बर्खिलाप हुने गरी नाटकीय हस्ताक्षर अभियान चलाइयो’
सारांश
- एमाले सांसद सूर्यबहादुर थापाले रास्वपाको हस्ताक्षर अभियानलाई सर्वोच्चको आदेश विरूद्धको कार्य भनेका छन्।
- उनले रवि लामिछानेको नाम नलिई अदालतको आदेश विरूद्ध हस्ताक्षर अभियान चलाइएको बताए।
- थापाले हस्ताक्षर अभियानले न्यायालयको गरिमामाथि प्रश्न उठाएको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले सर्वोच्च अदालतले दिएको आदेशको बर्खिलाप हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले नाटकीय रूपमा हस्ताक्षर अभियान चलाइरहेको बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीको रकम ठगीको आरोपमा थुनामा रहेका रवि लामिछानेको नाम नलिई सर्वोच्च अदालतले दिएको आदेशको बर्खिलापमा १५ पेजको याचना पत्रसहित हस्ताक्षर अभियान जारी राखिएको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले भने, ‘सर्वोच्च अदालतले कागजातका आधारमा फैसला गर्छ । त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन । सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जन बढी मुद्दा छन् । ती मुद्दाको विरुद्धमा हस्ताक्षर सङ्कलन गर्दै राजनीतिक प्रोपोकाण्डा र प्रचार गरिएको छ ।’
उनले अदालतको फैसलामा कसरी राजनीतिक प्रतिशोध हुन्छ भनेर प्रश्न पनि गरे । आफूसमेत संलग्न संसदीय विशेष छानबिनले छानबिन गर्न दिएको आदेशमा छानबिन भएर दायर भएको मुद्दामा अदालतले गरेको फैसलाको बर्खिलापमा हस्ताक्षर सङ्कलन भइरहेको भन्दै आपत्ति जनाए ।
हस्ताक्षर अभियानले न्यायालयको गरिमामाथि प्रश्न उठाउने र अवहेलना गर्ने काम गरिरहेको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण