आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची
सारांश
- संघीय संसदको दुवै सदनमा आज बैठक बस्दैछ, जसमा विभिन्न विधेयकहरू पेश हुनेछन्।
- प्रतिनिधिसभामा शिक्षा मन्त्रीले 'तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक' पेश गर्नेछन्, र प्रधानमन्त्रीले संशोधन विधेयक प्रस्तुत गर्नेछन्।
- राष्ट्रियसभामा शिक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिइनेछ, र जलस्रोत विधेयकमाथि छलफल हुनेछ।
काठमाडौँ। आज सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे
राष्ट्रियसभाको बैठक भने अपराह्न १:१५ बजे सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण