अपडेट
नदीमा पानीको बहाव अझै उच्च, प्राधिकरणले भन्यो– मालवाहक कन्टेनरहरू बगायो
मङ्गलबार, २४ असार २०८२, ०७ : २६
सारांश
- भोटेकोशी नदीमा आएको बाढीले रसुवाको नेपाल-चीन सिमाना जोड्ने मितेरीपुल बगायो।
- बाढीले गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुर्यायो, भन्सार यार्डमा रहेका कन्टेनर पनि बगायो।
- प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको नेपाल–चीन सिमाना जोड्ने मितेरीपुलमा बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे पुलमा क्षति पुगेको हो।
छिमेकी चीनतर्फ अविरल वर्षापछिको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुगेको हो। सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा समेत बाढी पस्दा त्यहाँ रहेका केही मालवाहक कन्टेनरहरू बगाएको प्राधिकरणले जनाएको छ।
हालसम्म कुनै मानवीय क्षति नदेखिएको भए पनि नदीमा पानीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकायहरू तथा सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण