बाढी अपडेट
नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार
मङ्गलबार, २४ असार २०८२, ०८ : १८
सारांश
- नुवाकोटमा बाढीमा फसेका २ जनाको नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ।
- विदुर नगरपालिका-९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीले उनीहरुलाई फसाएको थियो।
- त्रिशूली नदीले सतर्कता तह पार गरेको छ र जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
काठमाडौँ । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।
आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण