सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम
सारांश
- सुदूरपश्चिममा भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
- बैतडी, दार्चुला, डडेलधुरा, डोटी, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको छ।
- विभागले स्थानीय बासिन्दालाई सतर्क रहन र क्षतिको जोखिमबाट बच्न आग्रह गरेको छ।
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र वरपर, डडेलधुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल, झिंग्राना, बझाङको कालुखेती आसपास र अछामका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ।
त्यस्तै, कैलालीको लम्की र टीकापुर वरपर तथा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि पानी परिरहेको छ।
विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षासँगै ठुला बाढीसमेत आएको जनाएको छ। सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रहरूमा समेत पानी परिरहेका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेको विज्ञहरूले बताएका छन्।
यस्तो अवस्थामा जल तथा मौसम विज्ञान विभागले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण