टिमुरे इलाकाबाट ९ जनाको सकुशल उद्धार : सेना
मङ्गलबार, २४ असार २०८२, ०९ : ३१
सारांश
- रसुवागढीमा आएको बाढीका कारण अलपत्र परेका ९ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
- लेण्डे खोलामा बहाव बढेपछि फसेका उनीहरुलाई रसुवाको टिमुरे क्षेत्रबाट सकुशल उद्धार गरियो।
- त्रिशूली नदीमा रुखमा बसेर ज्यान जोगाइरहेका २ जनालाई सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण अलपत्र परेका ९ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
गएराति नेपाल–चिन सिमानाको लेण्डे खोला हुँदै भोटेकोशीमा बहाव बढेपछि फसेका ९ जनालाई रसुवाको टिमुरे क्षेत्रबाट सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रसुवामा उद्धारको लागी एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको सेनाले जनाएको छ । त्यस्तै, नुवाकोटको त्रिशूली नदीमा रुखमा बसेर ज्यान जोगाइरहेका २ जनालाई सेनाको एमआई हेलिकप्टरले उद्धार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण