‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु
सारांश
- मिस एण्ड मिसेस गुरुङको चौथो संस्करण सुरु भएको छ, जसले गुरुङ महिलाहरूको सौन्दर्य र पहिचानलाई उजागर गर्ने लक्ष्य राखेको छ।
- प्रतियोगिताको आवेदन खुल्ला गरिएको छ र पहिलो चरणको अडिसन असार २६ गते काठमाडौँमा हुनेछ, जसमा सहभागीता निःशुल्क हुनेछ।
- विजेताहरूले उपाधि, पुरस्कार, र विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर पाउनेछन्, जसले गुरुङ संस्कृतिको प्रवर्द्धन गर्नेछ।
काठमाडौँ । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौँको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।
‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् ।
गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने उद्देश्य बोकेको प्रतियोगीताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका प्रशिक्षणबाट दक्ष बनाइनेछ ।
तालिमपश्चात ग्रान्ड फिनामा निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ । विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।
यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण