नोबेल शान्ति पुरस्कारका लागि नेतन्याहूले गरे ट्रम्पको मनोनयन
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन्।
- ट्रम्प र नेतन्याहुको भेटमा गाजामा युद्ध अन्त्य र शान्ति स्थापनाबारे छलफल भएको थियो।
- कतारमा इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता निष्कर्षविहीन भएपछि पनि वार्ता जारी रहने अपेक्षा गरिएको छ।
वासिङ्गटन डीसी । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका छन् । वासिङ्गटन डीसीमा राष्ट्रपति ट्रम्पसँगको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताए ।
‘जब हामी कुरा गरिरहेका हुन्छौँ, तब त्यो एउटा देश एकपछि अर्काे गर्दै एक क्षेत्रमा शान्ति स्थापना गरिरहेको छ,’ बैठकमा पुरस्कार समितिलाई पठाइएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै नेतान्याहूले भने ।
यसअघि राष्ट्रपति ट्रम्पले वासिङ्गटन डीसीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई स्वागत गर्दै गाजामा युद्ध अन्त्य गर्न धेरै राम्रो वार्ता भइरहेको विश्वास गरेको बताएका थिए । हमास २१ महिना लामो द्वन्द्व अन्त्य गर्न तयार भएको ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए ।
‘तिनीहरू भेट्न चाहन्छन् र उनीहरू युद्धविराम चाहन्छन्,’ उनले भने । कतारमा इजरायल र हमासबीच अप्रत्यक्ष युद्धविरामको लागि भएको वार्ता निष्कर्षहीन रहेपछि यो बैठक भएको हो । यद्यपि, यी वार्ताहरू यस हप्ता पनि जारी रहने अपेक्षा गरिएको छ ।
सोमबार एक पत्रकारले ट्रम्पलाई गाजामा शान्ति सम्झौतामा के बाधा पुर्याइरहेको छ भनेर सोधेको थियो । यो प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘मलाई लाग्दैन कि यसमा कुनै बाधा छ, सबै कुरा धेरै राम्रोसँग चलिरहेको छ ।’ आफूले अमेरिकासँग मिलेर त्यस्ता देशहरू खोजिरहेको जसले प्यालेस्टिनीहरूलाई राम्रो भविष्य प्रदान गर्नेछन् भनेर नेतन्याहुले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण