जसपा नेपालको संसदीय दलको बैठक आह्वान
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।
- केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
- अध्यक्ष उपेन्द्र यादवले बुधबार संसदीय दलको बैठक बोलाएका छन्, जसले औपचारिक निर्णय गर्नेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिने भएको छ ।
असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिने जिम्मा संसदीय दललाई दिएको थियो ।
जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले बुधबारका लागि संसदीय दलको बैठक बोलाएका छन् । सो बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बुधबारका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । सम्भवतः सरकारबाट समर्थन लिने निर्णय हुन सक्ने भन्दै उनले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले संसदीय दलले त्यसलाई औपचारिकता दिने प्रस्ट पारिन् ।
नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारमा रहेका आफ्नो मन्त्रीलाई फिर्ता बोलाइ सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीलाई त्यहाँका मुख्यमन्त्रीले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेशदेखि संघसम्मको सरकारबाट समर्थन फिर्ता लिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालमाथि झन् दबाब बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण