रसुवामा बाढी : उद्धार र राहतमा खटिन कांग्रेस बागमती प्रदेशको आग्रह
मकवानपुर । सोमबार राति वर्षासँगै रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश समितिले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाले गम्भीर मानवीय र भौतिक क्षति पुर्याएको बताए ।
उनले रसुवा बाढीबाट प्रभावितहरूको उद्धार र राहत कार्यमा यथाशीघ्र खटिन आह्वान गरेका छन्। उनले बाढी प्रभावित क्षेत्र रसुवासहित अन्य भागहरुमा पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहमा रहेका भातृ तथा शुभेच्छुक सङ्गठनका नेता र कार्यकर्ताहररुलाई तत्काल सम्पर्कविहीनको खोजी, उद्धार तथा राहतमा खटिन निर्देशन दिएका छन् ।
राहत कार्यमा जुटिरहेका सरकारी संयन्त्रहररुसँग विशेष समन्वय गर्दै जोखिमयुक्त क्षेत्रको पहिचान र सुरक्षित स्थानमा स्थानान्तरणको कार्यमा पनि जुट्न काँग्रेसले कार्यकर्ताहरूलाई उनले निर्देशन दिएका हुन् ।
मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र भन्सार क्षेत्रका कन्टेनरसहित अन्य गाडी बगाएको छ । बाढीबाट १८ जना सम्पर्कविहीन भएका उनले जारी गरेको विज्ञप्तिमा उल्लेख ।
धादिङको त्रिशुली नदीमा दुई जनाको शव भेटिएको छ भने बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाँधको एउटा गेट बगाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्रिशुली ३ ए र ३ बी जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। सम्पर्कविहीन नागरिकहरूको खोजी तथा जोखिम न्यूनीकरणमा उच्च प्राथमिकता दिइनुपर्ने उने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण