क्यानलाई पठाएको पत्रमा राखेपको लेटरप्याड दुरुपयोग !
सारांश
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघबीच नेपाल प्रिमियर लिग (एनपीएल) विवाद उत्पन्न भएको छ।
- राखेपले कार्यदललाई टीओआर अनुसार काम गर्न र लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको छ।
- एनपीएलमा अनियमितताको उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्र पठाएको विषयबारे विवाद सिर्जना भएको छ ।
राखेपले आफ्नो लेटर प्याडमा नेपाल क्रिकेट सङ्घलाई पत्र पठाएको भन्ने विषयमा राखेपबाट नभई कार्यदलबाट लेटरहेड प्रयोग भएको जनाएको हो । राखेपले कार्यदललाई आफ्नो टीओआर भित्र रही काम गर्न र परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद् प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन गरेको छ ।
कार्यदलले आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै पत्र लेखेको थियो। पत्रमा अख्तियारबाट छानबिन सम्पन्न नहुँदासम्म एनपीएल सम्बन्धी कुनै काम नगर्न निर्देशन समेत दिइएको थियो।
एनपीएलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेको छ । गत मङ्सिर ७ गते टेन्डर प्रक्रिया लगायतका विषयमा कानुनविपरीत सम्झौता भएको भन्दै उजुरी परेको थियो। त्यस्तै लिग सकिएपछि अर्को उजुरी परेसँगै अख्तियारले गत फागुन १२ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
पत्राचार गरेपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ११ गते राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदल गठन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण