बैठक निर्णय
रसुवामा बाढीको वितण्डा : घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय
मङ्गलबार, २४ असार २०८२, २१ : ४०
सारांश
- प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले रसुवागढीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
- बैठकले मृतक र बेपत्ता परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ।
- परिषद्ले घटनाको कारण पहिचानका लागि अध्ययन गर्न र चीनसँग समन्वय गर्न निर्देशन दिएको छ।
काठमाडौँ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
परिषद्को बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो ।
परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण