रामकुमारीको मुखमा पट्टी टाँस्न खोजेको देख्दा उदेक लागेको छ : गोकुल बास्कोटा
सारांश
- नेकपा एसकी नेतृ रामकुमारी झाँक्री पार्टी अध्यक्षमाथि टिप्पणी गर्दा आलोचित भएकी छिन्।
- पार्टी पुनर्गठन र महाधिवेशनको माग गरेपछि झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ।
- गोकुल बास्कोटाले झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएको भन्दै टिप्पणी गरेका छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृत्व रामकुमारी झाँक्री पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि गरिएको टिप्पणीलाई लिएर नेता तथा कार्यकर्ताद्वारा निकै आलोचित छिन् ।
पतञ्जली योगपिठको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फौजदारी अभियोग लागेकाले नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने पार्टीभित्र र बाहिर बलियो मत बढ्दै गएको छ ।
पूर्वमन्त्री समेत रहेकी झाँक्रीले नेतृत्वलाई लक्षित गरी कडा अभिव्यक्ति दिएकी थिइन् । उनले पार्टी पुनर्गठन गरी अर्लि महाधिवेशन गर्नुपर्ने बताएकी थिइन् । सोही विषयलाई लिएर पार्टीले झाँक्रीसँग स्पष्टीकरण सोधेको छ ।
सचिवालय बैठकमा नेपाल पक्षधर नेताहरूले नेतृत्वलाई सङ्कट परेको बेला बचाउ गर्नुपर्नेमा उल्टै कमजोर बनाउने गरी अभिव्यक्ति दिएकाले उनलाई कारबाही गर्नुपर्ने बताइरहेका छन् ।
यसै विषयमा पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएकोप्रति टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले पहिला ओलीविरुद्ध व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न खोजिएकोमा उदेक लागेको प्रतिक्रिया दिएका छन् ।
‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम । हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउनुपर्छ भनेर बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु’, उनले लेखेका छन् ।
२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले नेकपाभित्र देखिएको विवादलाई लिएर संसद् विघटन गरेपछि भृकुटीमण्डपमा प्रचण्ड–माधव समूहले गरेको विरोध सभामा नेतृत्वको गलत कार्यशैलीको विरोध गर्न पाउनुपर्छ भनेर झाँक्रीले मुखमा कालोपट्टी लगाएर विरोध गरेकी थिइन् । २०७८ साल भदौ २ गते एमाले विभाजनमा नेपाललाई साथ दिँदै हात समातेर नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निर्वाचन आयोग पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण