मौद्रिक नीति अनुशासित र लचिलो ल्याउन आवश्यक: पूर्वअर्थमन्त्री पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुशासित र लचिलो हुन आवश्यक रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा कर्जा प्रवाह हुने गरी नीति ल्याउनु पर्नेमा जोड दिए ।
उनले भने,‘ यो पटकको वित्त नीति सङ्कुचित भएर आयो । आवधिक योजनामा लक्ष्य गरेको भन्दा पनि कम हुँदै आएको छ । बजेटको आकार एकातिर अर्कोतिर बजेटको स्रोत कम भयो भन्ने नामा थप सङ्कुचन गर्दै आयौं । मौद्रिक नीतिमा पनि धेरै ठाउँ छैन । नयाँ गनर्भरबाट निजी क्षेत्रले ठुलो आशा गरेको छ ।’
उनले मौद्रिक नीतिमा ठुलो परिवर्तन भन्दा पनि अनुशासित खालको ल्याउन आवश्यक रहेको बताए । उनले विगतको सङ्कटमा राहत आवश्यक थियो तर बढी नै लचिलो, नियमन कम भएकाले यो पटक त्यस्तो हुन नहुने बताए ।
उनले उद्योग व्यवसायको मनोबल उच्च राख्दै नियमनको पक्षलाई बलियो बनाउन आवश्यक रहेको बताए । ठुला कर्जा लिएका ठुला उद्योगहरूको आर्थिक अवस्थामा बेथिति रहेको पाइएको उनले बताए ।
उनले घरजग्गा र पुँजी बजारको विषयमा लचिलो हुन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण