रवि लामिछाने पनि कुनै समय अमेरिकामा भिजिट भिसामा गएका थिए : गृहमन्त्री
सारांश
- गृहमन्त्री रमेश लेखकले रवि लामिछाने अमेरिका भिजिट भिसामा गएको सुनेको बताए ।
- उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिएर बसेका नेताका कार्यकर्ताले नैतिकताको पाठ पढाउन नहुने बताए ।
- लेखकले प्रधानमन्त्रीको भ्रमण दलमा को-को फर्किएनन् भन्ने सूची दिन आग्रह गरे ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका छन् ।
‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो,’ गृहमन्त्री लेखकले भने, ‘सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’
उनले भिजिट भिसामा गएर त्यही देशको ‘सिटिजनसिप’ प्राप्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गरे । मन्त्री लेखकले भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताए । उनले भने, ‘भिजिट भिसामा जाने पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त हुन्छ कि हुँदैन ।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग जाने मानिसहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै जाने र उनीहरूको भ्रमण सूची पहिला नै मन्त्रिपरिषद् निर्णय अनुसार जानकारी गराइसकिएको बताए ।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन आग्रह गरे सूची दिन नसक्ने भए कल्पनामा अनुमानमा असत्यका पुलिन्दा नबाँध्न आग्रह गरे । ‘साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘होइन भने यस्ता कल्पनामा अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण