सिफारिस प्रणालीमार्फत गरिएको उपकुलपति नियुक्तिप्रति नेविसंघको आपत्ति
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ ।
नेविसंघले उक्त नियुक्ति मेरिटोक्रेसी (योग्यता प्रणाली) को सिद्धान्त विपरीत स्वेच्छाचारी र राजनीतिक भागबन्डाका आधारमा भएको आरोप लगाउँदै यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताएको छ । सङ्घले नियुक्ति नसच्याइए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्नुपर्ने मागलाई बेवास्ता गरिएको उल्लेख छ ।
'कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै गरिएको यो नियुक्ति दुर्भाग्यपूर्ण छ,विज्ञप्तिमा भनिएको छ, 'यसले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था नभई राजनीतिक प्रयोगशालामा परिणत गरिएको अनुभूति गराएको छ ।'
नेविसंघले मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्तिको माग गर्दै देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाएको छ । उक्त अभियानले विद्यार्थीहरूबाट व्यापक समर्थन पाइरहेको समयमा प्रधानमन्त्रीले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेकोमा सङ्घले आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'कुलपति समेत रहेका प्रधानमन्त्रीज्यूको विश्वविद्यालयप्रतिको दृष्टिकोण शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखियो, जुन गत मेरिट आधारित उपकुलपतिको राजीनामासँगै थप स्पष्ट भएको छ ।'
सङ्घले उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि बनाउन, योग्य उम्मेदवारबाट ‘भिजन पेपर’ माग्न र पारदर्शी प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न माग गरेको छ ।
'यदि यस्ता आधार र प्रक्रियालाई बेवास्ता गर्दै विश्वविद्यालयको नेतृत्वमा पुनः राजनीतिक हस्तक्षेप गरियो भने, नेविसंघ सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ,विज्ञप्तिमा भनिएको छ, 'जसको सम्पूर्ण जिम्मेवारी सरकार र सिफारिस तन्त्रका पक्षपातीहरूले बेहोर्नुपर्नेछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण