आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

बुधबार, २५ असार २०८२, २१ : ३१
बुधबार, २५ असार २०८२

वीरगन्ज। वीरगन्जमा स्वीमिङ्ग पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । वीरगन्जको आदर्शनगरस्थित स्वीमिङ्ग पुलमा डुबेर वीरगन्ज महानगरको वडा नम्बर ११ स्थित प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार डुबेर  अचेत भएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

घटना शङ्कास्पद रहेकोले सूक्ष्म अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ । नाबालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप