माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
बिहीबार, २६ असार २०८२, ०८ : १९
सारांश
- माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
- बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र जागरण अभियानबारे छलफल हुनेछ ।
- सरकारका काम, बाढीपहिरोको क्षति र राहतबारे पनि बैठकमा छलफल हुनेछ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल श्रेष्ठले बताए ।
साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण