मेस्सीको कीर्तिमानी प्रदर्शन, इन्टर मियामीको लगातार चौथो जित
सारांश
- लियोनल मेस्सीले न्यु इंग्ल्याण्ड रेभोलुसनविरुद्ध २ गोल गर्दै इन्टर मियामीलाई जिताए।
- मेस्सी एमएलएस इतिहासमा लगातार चार खेलमा एकभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बने।
- खेलमा ४३,२९३ दर्शकको उपस्थिति रहेको थियो, जसमा मियामी २-१ गोलले विजयी भयो।
म्यासाचुसेट्स । इन्टर मियामीले न्यु इंग्ल्याण्ड रेभोलुसनलाई पराजित गर्ने क्रममा स्टार खेलाडी लियोनल मेस्सीले एमएलएसमा नयाँ इतिहास रचेका छन् । बुधबार साँझ म्यासाचुसेट्सको जिलेट स्टेडियम भएको खेलमा मियामी २-१ गोलले विजयी बनेको हो।
अर्जेन्टिनी स्टारले दुवै गोल गर्दै अवे खेलमा मियामीलाई तीन अङ्क दिलाए । नियमित सिजनको लगातार चौथो खेल जित्दै टोलीले एमएलएसमा आफ्नो अपराजित यात्रालाई पाँच खेलमा पुर्याएको छ।
यो धेरै कारणले गर्दा कीर्तिमानी साँझ थियो । मेस्सी एमएलएस इतिहासमा लगातार चार खेलमा एकभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन्। त्यस्तै न्यु इङ्गल्याण्डका लागि, यो सिजनको उनीहरूको सबैभन्दा धेरै दर्शक उपस्थित भएको घरेलु खेल थियो । बुधबारको खेलमा ४३ हजार २९३ जना उपस्थित थिए।
खेलको कुरा गर्दा, खेलको २७ औँ मिनेटमा रेभ्सका डिफेन्डर ट्यानर बेसनले बललाई आफ्नो गोलकिपर अल्जाज इभासिकतर्फ हेडले फर्काउने प्रयास गर्दा मेस्सीले त्यसलाई रोकेर गोल गर्दै आफ्नो पहिलो गोल गरे। त्यसको ११ मिनेटपछि, सर्जियो बुस्केट्सको उत्कृष्ट थ्रु बलमा मेस्सीले गोलकिपर इभासिकलाई छल्दै मियामीको अग्रता दोब्बर पारे।
रेभोलुसनले खेलमा फर्कन धेरै अवसरहरू पाए पनि, उनीहरूले खेलको अन्तिम चरणसम्म क्लिनिकल फिनिसिङको कमी महसुस गरे। खेल सकिन १० मिनेट बाँकी हुँदा, क्लबका अनुभवी खेलाडी कार्लेस गिलले टोमस एभिलेसलाई छल्दै लामो दूरीबाट शक्तिशाली प्रहार गर्दै गोल गरेर अग्रता आधा घटाए। तर, बराबरी गोल फर्काउन धेरै ढिलो भइसकेको थियो ।
फिफा क्लब विश्वकपबाट फर्किएपछि मियामीले अहिले लगातार दुई खेल जितेको छ, जसमा उनीहरूले विपक्षीभन्दा छ गोल बढी गर्दै दुई गोल खाएका छन्।
बुधबारको जितसँगै, क्लब १८ खेलबाट ३५ अङ्कसहित अभियानमा पाँचौँ स्थानमा उक्लिएको छ। टोली शीर्ष स्थानमा रहेको एफसी सिनसिनाटीभन्दा सात अङ्कले पछाडि छ । तर मियामीसँग तीन खेल बाँकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण