अपडेट
मौसम विज्ञान विभागले भन्यो–हिमताल विस्फोटबाट रसुवागढीमा बाढी
बिहीबार, २६ असार २०८२, २२ : २९
सारांश
- जल तथा मौसम विज्ञान विभागले रसुवामा आएको बाढी हिमताल विस्फोटका कारण भएको जनाएको छ।
- विभागले चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको छ।
- विभागले भू-उपग्रहबाट प्राप्त तस्बिरहरूले थप पुष्टि गर्ने जनाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।
विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ ।
‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ ।
चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण