सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप
सारांश
- जस्ट फ्युचर्स पहलले बागमती प्रदेशका सात जना युवा दलित महिलालाई फेलोसिप प्रदान गर्ने निर्णय गरेको छ।
- यस फेलोसिपमा छनोट हुनका लागि बागमती प्रदेशबाट आवेदन दिएका मध्येबाट १६ जना सर्ट लिस्टमा परेका थिए।
- फेलोसिपको मुख्य उद्देश्य दलित महिलाको अनुभव र ज्ञानलाई केन्द्रमा राख्दै न्यायपूर्ण भविष्य निर्माण गर्नु हो।
काठमाडौँ । जस्ट फ्युचर्स पहल (जेएफपी) ले बागमती प्रदेशका सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप प्रदान गर्ने निर्णय गरेको छ । यही अगस्ट, २०२५ देखि १२ महिनासम्म सञ्चालन हुने यस फेलोसिपका लागि छानिएका प्रतिभाशाली युवा दलित महिलाहरूमा सरिना द्योला, मंजिता परियार, प्रमिला विक, कञ्चन कटुवाल, राधिका रोका, मनिका विश्वकर्मा, सङ्गीता मिजार रहेका छन् ।
‘आफ्ना कथा आफै बुन्छौँ’ भन्ने मूल मर्म बोकेर सार्वजनिक आह्वानअनुसार आवेदन दिएका २०१ जनामध्ये सर्ट लिस्टमा परेका १६ जनाबाट ७ जना प्रतिभाशाली दलित महिला फेलोसिपका लागि छानिएका छन् । बागमती प्रदेशमा स्थायी बसोबास गर्ने २० देखि ४० वर्षका दलित महिला, दलित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने व्यक्ति तथा नेवा: दलित महिलालाई आवेदनका लागि आह्वान गरिएको थियो ।
दामल फेलो र जस्ट फ्युचर्स फेलो मधु महरा, पूर्व सांसद तथा दामल फेलो\फ्याकल्टी अञ्जना विशंखे तथा त्रिभुवन विश्वविद्यालयसँग आबद्ध मानवशास्त्री डा. मुक्तसिंह लामाले लिएको अन्तर्वार्ताका आधारमा जेएफपीको सञ्चालक समितिले उनीहरूलाई छनोट गरेको हो ।
सबैका लागि न्यायपूर्ण भविष्यहरूको सपना बोक्दै; दलित महिलाका अनुभव, अनुभूति, आकाङ्क्षा र ज्ञानलाई केन्द्रमा राख्दै; समुदाय स्तरका भोगाइलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सिकाइसँग जोड्दै अगाडि जाने लक्ष्यलाई ध्यानमा राखेर यस फेलोसिपको नामकरण गरिएको हो ।
काठमाडौँ उपत्यकासँगै बागमती प्रदेशका अनेक जिल्लामा फैलिएका नेवा: दलितसँगै विभिन्न जातका युवा दलित महिलाको सहभागितामा यस फेलोसिपको सञ्चालनपछि आगामी दश वर्षभित्र पाँच सय जना फेलो उत्पादन गर्ने लक्ष्यका साथ यस फेलोसिपको घेरा अन्य प्रदेशमा पनि फराकिलो पार्ने प्रयास हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण