मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
बिहीबार, २६ असार २०८२, २३ : ०३
सारांश
- मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
- मन्त्रीपरिषद् बैठकले किसानलाई राहत प्याकेज ल्याउन र कृषि क्षेत्रमा सहयोगका लागि आह्वान गरेको छ।
- बैठकले वीरगञ्जसहितका स्थानमा खानेपानी समस्या समाधानका लागि स्रोत परिचालन गर्ने निर्णय गर्यो।
जनकपुर। मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
बैठकले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका किसानलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ। साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।
यसका साथै, पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले यसकालागि सङ्घीय सरकारसँग सहयोग माग्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण