बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २७ असार २०८२, ०५ : ११
शुक्रबार, २७ असार २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १३६ रुपैयाँ ७२ पैसा र बिक्री दर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ र यसलाई आवश्यक परे परिवर्तन गर्न सकिनेछ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१  पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप